February.23, 2022
JBBL Negative tax list (F.Y. 2077-078)
Learn More
February.01, 2022
Notice to update Mobile Number
Learn More
January.26, 2022
JBBL Dividend Rejection List
Learn More
January.25, 2022
Mr. Hari Chandra Khadka appointed as Chairman of Jyoti Bikash Bank Limited
Learn More
November.29, 2021
List of non‐operative account for 10 years
Learn More
August.01, 2021
Subsidy Loan Customer List for Fiscal year 2077-78
Learn More

News

द्वन्द्व पीडित अपांग समाज – नेपाल लाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौं स्थित द्वन्द्व पीडित अपांग समाज - नेपाललाई संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ।

 

अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंककी साँखु शाखाकी शाखा प्रबन्धक श्री रीमा प्रधान द्वारा शंखारापुर नगरपालिकाका मेयर श्री सुबर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपांग समाज - नेपालका अध्यक्ष श्री युबराज थापा लाई रु. ५० हजार बराबरको औषधी हस्तान्तरण गर्नुभएको हो।

 

द्वन्द्व पीडित अपांग समाज - नेपाल नेपालमा द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरूको अवसरहरू अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको एक गैर-सरकारी सामाजिक संस्था हो।

 

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित "हाम्रो विकास प्रवर्द्धन कोष​" मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ​।

 

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Quick & Easy Access

Make your banking experience easier, with our app.