February.23, 2022
JBBL Negative tax list (F.Y. 2077-078)
Learn More
February.01, 2022
Notice to update Mobile Number
Learn More
January.26, 2022
JBBL Dividend Rejection List
Learn More
January.25, 2022
Mr. Hari Chandra Khadka appointed as Chairman of Jyoti Bikash Bank Limited
Learn More
November.29, 2021
List of non‐operative account for 10 years
Learn More
August.01, 2021
Subsidy Loan Customer List for Fiscal year 2077-78
Learn More

News

ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा

ज्योति विकास बैंकको नयाँ शाखाको उद्घाटन पूर्व अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथित्वमा भएको हो। कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका, वडा नं ३ का वडाध्यक्ष श्री दिपक केसी, ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्का, प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिनुभयो। साथै बैंकहरुले आधुनिक सेवामार्फत सबै जनता तथा संस्थाहरुलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अग्रसर रहनु पर्ने धारणा  व्यक्त्त गर्नुभयो। यसका साथै अपार सम्भावना भएको हाम्रो देशलाई समुन्नति तिर लान ज्योति विकास बैंकको योगदानको ठुलो अपेक्षा रहेको पनि बताउनुभयो।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गर्नुभयो। 

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले ज्योति विकास बैंकले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ्ग सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त्त गर्नुभयो भने वडाध्यक्ष श्री दिपक केसीले बैंकलाई स्थानीय स्तरमा गर्नुपर्ने सहयोगका लागि हरेक ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गर्नुभएको थियो।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । 

Quick & Easy Access

Make your banking experience easier, with our app.