ज्योति विकास बैंक लिमिटेड र हाम्रो विकास बैंक लिमिटेड नुवाकोटको एकिकृत कारोबारको सुरुवात भएको छ ।
राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो । एकिकृत कारोबारको शुभारम्भ एक औपचारिक कार्यक्रम बीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले शुक्रबार गर्नु भएको थियो । सो अवसरमा ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ ।