June.12, 2020
Vendor Listing Notice
Learn More
March.23, 2020
Tender Notice for CBS and IT Audit
Learn More
March.06, 2020
12.75% Bonus Share Tax List
Learn More
January.19, 2020
MT Interview List
Learn More
January.09, 2020
12th AGM Election Notice
Learn More
January.09, 2020
12th AGM Notice
Learn More
December.30, 2019
Election Schedule Notice
Learn More

News

ज्योति विकास बैंकको नयाँ शाखा सिनामंगलमा

ज्योति विकास बैंकले भदौ २३ गते सोमबार​को दिन काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ​। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको छ​। बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै अवस्थित​ छ​।

 

काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलस्थित​ ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण​, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री राज कुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो। कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गर्नुभएको थियो।

 

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण​, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री राज कुमार क्षेत्रीले बैंकको नयाँ शाखाले विमानस्थल प्राङ्गण भित्रै पनि बैंकिङ्ग सेवा पुगेको कारण आम जनतालाई अझ सहज भएको बताउनु भयो।  साथै, बैंकलाई हरेक ढंगले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गर्नुभयो।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गर्नुभयो।

 

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले ज्योति विकास बैंकले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ्ग सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त्त गर्नुभएको थियो।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको  भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको   साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको   हालसम्म बैंकले  लाख ४० हजारभन्दा बढि खाताबाट रु३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु२६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको  

Download file for full story :

Download

Quick & Easy Access