ज्योति विकास बैंकको बाह्रौँ बार्षिक साधारण सभा मिति २०७६ पौष २९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारण सभामा आ.व. २०७५÷७६ को बार्षिक प्रतिवेदन, आ.व. २०७६÷७७ को लागि लेखापरीक्षक नियुक्ती लगायतका नियमित प्रस्तावहरु बाहेक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम रहेको थियो । उक्त निर्वाचन सम्बन्धी प्रस्तावमा जम्मा एक जना शेयरधनी, श्री मन महर्जनको मात्र उम्मेदवारी परेकोले नीज महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ