आज आयोजित एक कार्यक्रममाअन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष श्री कुमार गुरूङले ए.टि.एम. बुथको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख बजार अधिकृत श्री बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख श्री विशाल लामिछाने, मानव संशाधन प्रमुख श्री प्रजिता जोशी,घान्द्रुक शाखा प्रबन्धक श्री प्रदिप सुनाम लगायत अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री कुमार गुरूङले सो ए.टि.एम. सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।