ज्योति विकास बैंकको सञ्चालक समितिको मिति २०७७ साल असार २५ गते बसेको बैठकले श्री श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री भट्टले यहि आउँदो श्रावण ७ गते बुधबार देखि आफ्नो ४ वर्षीय कार्यभार सम्हाल्नुहुनेछ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३० अर्व लगानी गर्न सफल भएको छ ।